दफा
बाल आहार सम्बन्धी सूचना र शिक्षाः

(१) मन्त्रालयले समितिको सल्लाह लिई बाल आहार सम्बन्धी सूचना तथा शैक्षिक सामग्रीको सम्बन्धमा प्रचार प्रसार गर्ने स्वीकृति दिनेछ ।

(२) लेखिएको, सुन्न सकिने वा देख्न सकिने जस्तो सुकै भएपनि बाल आहार सम्बन्धी सूचना तथा शैक्षिक सामग्रीहरुले देहायका बुँदाहरुमा स्पष्ट जानकारी दिनु पर्नेछ –

(क)स्तनपानको फाईदा र विशिष्टता,

(ख)आमाको पोषण लगायत स्तनपान तयार गर्ने र स्तर कायम राख्ने तरिका ।

(ग)शिशिबाट दूध खुवाउँदा वा छुट्टै पूरक खाद्य पदार्थ खुवाउँदा स्तनपानलाई प्रतिकूल असर पार्ने कुराहर

(घ)केही अवधि शिशिबाट दूध खुवाई पुन स्तनपान गराउँदा पर्ने कठिनाई ।

(३) बच्चाहरुलाई पूरक खाद्य पदार्थ वा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु खुवाउने विषय समावेश भएको सूचना तथा शैक्षिक सामग्रीहरुले उपदफा (२) मा उल्लेखित जानकारीको अतिरिक्त देहायका बुँदाहरु पनि प्रष्ट गर्नु पर्नेछ –

(क)आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उचित प्रयोग,

(ख)बच्चाहरुलाई स्तनपान गराउँदा लाग्ने खर्चको दाँजोमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु खुवाउँदा लाग्ने खर्च,

(ग)आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित तयारीबाट तथा अनुपयुक्त खाना खुवाउँदा र शिशुबाट खुवाउँदा स्वास्थ्यमा पर्ने खराबी,

(घ)बच्चाहरुलाई कचौरा र चम्चाबाट खुवाउने तरिका ।

(ङ)घरमा पूरक खाद्य पदार्थ तयार गर्ने तरिका ।

(४) सूचना तथा शैक्षिक सामग्रीमा ठीक र प्रचलित जानकारी मात्र हुनु पर्नेछ र स्तनपानलाई दुरुत्साहन गर्ने वा शिशिबाट खुवाउने बानीलाई प्रोत्साहन गर्ने खालका कुनै तस्वीर वा व्यहोरा प्रयोग गर्नु हुँदैन ।